बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं ।  आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.