स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा बिग मार्टमा १०% अतिरिक्त छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६ गतेदेखि लागु भएको अफर साउन १५ गतेसम्म चल्ने छ । छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

footwear zone

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (HI–MB), एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

You might also like

Comments are closed.