कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन बितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ ।

बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरिमार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. ९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ ।

बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक  युवराज उपाध्याय लाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् । सो वितरण कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थीहरु, शिक्षकहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

footwear zone

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

You might also like

Comments are closed.