महिन्द्राको नयाँ स्कर्पियो–एन नेपाली बजारमा

काठमाडौं । महिन्द्राले नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल परीक्षणपछि महिन्द्राले नेपाली बजारमा ल्याएको हो ।

महिन्द्राले विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीकाअनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा थप सवारी–साधन हो । यसमा प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरिएको छ । अल–न्यू स्कर्पियो–एन प्रतिष्ठित स्कर्पियो ब्रान्डमा आधारित रहेको बताइएको छ । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको छ ।

कम्पनीका अनुसार यसको उद्देश्य आनन्ददायक स्वामित्व अनुभवहरू सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयूभीहरूको साथ एसयूभी बजारलाई पुनः परिभाषित गर्नु रहेको बताइएको छ । अल–न्यू स्कर्पियो–एन यस प्रतिबद्धताको प्रमाण रहेको र जसले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, परिष्कार, सवारी र ह्यान्डलिङ, एनभीएच, इन्टेरियर र उपस्थितिको लागि पहिचान स्थापित गरेको कम्पनीको भनाइ छ ।

footwear zone

नयाँ स्कर्पियो–एनलाई आकर्षक परिचयात्मक प्रारम्भिमक मूल्य रु ८१ लाख ५० हजारबाट लन्च गरिएको हो । नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष÷एक लाख किलोमिटरको वारेन्टी प्लान रहेको छ। यो मूल्य ३० सेप्टेम्बर २०२३ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले भने, ‘हामी बहुप्रतिक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको जीवन्त बजारमा ल्याउन पाउँदा उत्साहित छौं। यसको अविश्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चिततात र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमताहरूको साथ, अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्दछ।’

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘आज हामी नेपालका अत्याधुनिक एसयूभी प्रेमीहरुका लागि नयाँ स्कर्पियो–एन प्रस्तुत गर्न पाउँदा गौरवान्वित छौं । स्कर्पियो–एन साहसिक कार्यको लागि ईन्जिनियरिङ गरिएको छ र संसारभरको सबैभन्दा चुनौतीपूर्ण भूभागहरूमा परीक्षण गरिएको छ। अग्नि ग्रुपले नेपालमा एसयुभी उत्पादनको दायरा विस्तार गर्नुका साथै ट्विन पिक्स नेटवर्क विस्तारमा पनि ध्यान दिएको छ। यसको उद्देश्य नेपालका एसयूभी खरिदकर्ताहरुलाई बेजोड ग्राहक अनुभव प्रदान गर्नु हो।’

You might also like

Comments are closed.