सिटिजन्स बैंकका ग्राहकलाई युनिभर्सल डेन्टलमा छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको स्युचाटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच बैंकका कार्डबाहक ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डबाहकले युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

footwear zone

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ । बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट बैंकिङ सेवाहरु प्रदानगर्दै आएको बताएको छ ।

You might also like

Comments are closed.