गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरू यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मीलाई सञ्चालक नियुक्त गरिएको छ ।

राजीनामा दिई स्वीकृत भएका सञ्चालककोसंस्थाको व्यवसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान बैठकले गरेको छ । आगामी दिनमा समेत यस संस्था प्रति उनिहरुको निरन्तर सहयोग र सद्भावको पूर्ण अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो । साथै, नवनियुक्त सञ्चालकलाई संस्थामा स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

footwear zone

You might also like

Comments are closed.