काठमाडौं । शैक्षिक परामर्श व्यवसायी लक्ष्मण पौडेल (एन्ड्रयु)ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा उम्मेदवारी घोषणा गरेका छन् । इक्यानमा ३ जना उपाध्यक्षको व्यवस्था छ । शैक्षिक परामर्श व्यवसायको हकहितका क्षेत्रमा काम गर्ने लक्ष्यसहित उनले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
परामर्शदाता, सम्बन्धित निकाय र अधिकारीहरूबीच प्रभावकारी समन्वय गर्ने, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरू मार्फत इक्यान सदस्यहरूको क्षमता अभिवृद्धिको वातावरणलाई बढावा दिने, व्यावसायिक नैतिकता र व्यावसायिकता अनुरूप परामर्शदाताहरूको कार्य प्रक्रियाहरूको प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्ने, समग्र पेशागत उत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरू जस्तै नेपाल सरकार, हाइकमिसन, दूतावास, विश्वविद्यालय, आइडिपी, ब्रिटिश काउन्सिल लगायतसँग सामूहिक वार्ताका लागि सफल नेतृत्व सुनिश्चित गर्ने लगायत प्रतिबद्धता पौडेलले गरेका छन् ।
इक्यान सदस्यहरुले उपाध्यक्षमा मतदान गरेर आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको पौडेलले बताए ।

इक्यानको निर्वाचन असार ३० गते हुँदैछ ।




Comments are closed.