हेटौडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा अन्तर प्रदेश अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  हेटौडा अटोमोबाइल्स एशोसिएसन ले आयोजना गरेको अन्तर प्रदेश अन्तरक्रिया कार्यक्रम चितवनको पर्यटकीय नगरी सौराहमा सम्पन भएको छ । एशोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटलको सभापतित्वमा भएको कार्यक्रममा NADA का बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य अमृत जोशी को विशेष आतिथ्यता रहेको थियो ।

चितवन अटोमोबाइल्स एशसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, जानकी अटोमोबाइल्स एशसिएसन अफ नेपालका अध्यक्ष केदार अग्रवालले व्यवसायिक हक हित बारेमा र वर्तमान व्यवसायिक मन्दीको विषम परिस्थितिमा अटोमोबाइल्स व्यवसायीको अवस्था र आगामी दिनमा लिनुपर्ने व्यवसायिक राणनितीको बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित ३ संस्थाले आपसी सहयोग गर्ने विषयमा सदैव एक हुने प्रतिवद्धता व्यक्त गरेका छन् । २ दिन सम्म संचालन भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुरेश कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सागर सापकोटा पदाधिकारी , कार्य समितिका सदस्य र साधारण सदस्यहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो । उक्त कार्यक्रम को संयोजक संस्थाका सचिव जितेन्द्र तिवारीले गरेका थिए ।

footwear zone

व्यावसायिक रिफ्रेशमेन्ट सहितको कार्यक्रममा हेटौडा अटोमोबाइल्स एशसिएसनले आफ्नो बोर्ड बैठक समेत सञ्चालन गरेको कार्यक्रम संयोजक जितेन्द्र तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.