काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को असार ३० गते हुने निवार्चनका लागि शेषराज भट्टराई समुहले उम्मेदवारी घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच सो समुहले उम्मेदवारी घोषणा गरेको हो ।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिरहेका शेषराज भट्टराईले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । यस अगाडि महासचिव भएर काम गरेको अनुभवसमेत उनीसँग छ ।
आफूले संस्थामा पुर्याएको योगदान र क्षमताका कारण व्यवसायीहरुको चाहना अनुसार नै अध्यक्षको उम्मेदवार बनेको भट्टराईको भनाइ छ । शैक्षिक पारमर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउन पनि आफू इक्यानको अध्यक्ष बन्नुपर्ने उनले बताए । आइटिपी विरुद्धको लडाईं चलिरहेको समयमा उनी इक्यानको महासचिव थिए । आफै प्रतिवादी भएर अदालत पुगेका थिए । ‘म आफ्नो व्यवसायलाई भन्दा संस्थाको हितलाई प्राथमिकता दिने मान्छे हुँ,’ उनले भने, ‘पछिल्लो समय विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन । सरकारले त्यस्तो नीति ल्यायो भने हामी डटेर सामना गर्नेछौं ।

भट्टराईको समुहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरि दिपकराज भुषालले महासचिवमा उम्मेदवारी दिने भएका छन् । सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा आशिष कार्की र सहकोषध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी दिने बताइएको छ ।
त्यसैगरि सदस्यको उम्मेदवारमा गोविन्द खनाल, होमराज थापा, रमेश लुइटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयकुमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र मनोरथ साह रहेका छन् ।





Comments are closed.