निर्वाचन जित्छु भन्नेमा ढुक्क छु : धमला

काठमाडौं ।  १६ जुलाइमा हुने एनसीसी बेल्जियमको निर्वाचनका कारण युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी सरगर्मी बढेको छ । एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला ।

अध्यक्षका लागि तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए । नारायण सिलवालले तिर्थराज धमलालाई समर्थन गर्ने भएका छन् भने अनुजा प्रधान पनि चुनावी मैदानबाट बाहिरिएकी छन् ।

धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् भने यसअघिको कार्यकालमा उनले महासचिव भएर काम गरेका थिए ।

footwear zone

आफुले अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी इमान्दारीपूर्वक निभाएकोले अध्यक्ष बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता रहेको धमलाले बताए । एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको र आफु त्यसमा परिपक्क भइसकेको धमलाको भनाई छ ।

‘योजनासहित आएको छु। नेतृत्व हाँक्न सबै हिसाबले तयार छु।’ बेल्जीयममा रहनुभएका युवा, बुद्धिजीवि, महिला, तथा सम्पुर्ण बेल्जियमवासी एनआरएनहरुको हौसलाले नै म अगाडी बढेको हुँ, सवैजना मेरो पक्षमा हुनुहुन्छ, निर्वाचन जित्छु भन्नेमा ढुक्क छु, उनले भने ।

 

You might also like

Comments are closed.