इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

काठमाडौं ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।

संघको उपाध्यक्षमा लक्ष्मण  पौडेल एन्ड्रीयु, भुवन क्षेत्री र गीता शिवमकोटी निर्वाचित भएका छन् । त्यसैगरि महासचिवमा दिपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईं, र रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्की, सह कोषाध्यक्षमा विकल्पराज पोखरेल निर्वाचित भएका छन् ।

footwear zone

संघको सदस्यमा सुरज सिलवाल, साधान पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् ।

 

You might also like

Comments are closed.