कामना सेवा विकास वैंकको व्याजदर एकल अंकमा

 

काठमाडौं । पछिल्लो समय वैंकहरुले निक्षेपमा दिने व्याजदर घटाउदै गएका छन् । विकास वैंकहरुले साउन महिनाको लागि आफ्नो व्याजदर प्रकाशन गरेका छन् । जसअनुसार मुद्धती खातामा दिने व्याज समेत घटेको छ ।

कामना सेवा विकास वैंकले प्रकाशन गरेको व्याजदर अनुसार मुद्धती खातामा ९.९९ प्रतिशत प्रकाशन गरेको छ । वित्तीय वजारमा तरलताको समस्या हट्दै गए पश्चात वैंकहरुले क्रमिक रुपमा व्याज घटाउदै आएका थिए । नेपाल राष्ट्र वैंकको विवरण अनुसार वैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।

footwear zone

राष्ट्र वैंकको नियम अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत सम्म हुन पाउने प्रावधान रहेकोमा वैंकहरुले कर्जा लगानी गर्न नसक्दा  उक्त अनुपात घट्न गएको छ । वचतकर्ताहरुलाई वैंकले दिने व्याजदर घटेसँगै वैंकहरुको आधारदर घट्न गई कर्जाको व्याजदर समेत घट्ने छ ।

You might also like

Comments are closed.