फुटवेयर विजनेस एक्स्पो साउन १५ गतेसम्म चल्ने

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपमा संचालन भईरहेको फुटवेयर विजनेस एक्स्पो साउन १५ गतेसम्म चल्ने भएको छ । ग्राहकको उत्साहजनक सहभागिता अनुशार एक्स्पोको अवधि थप गरिएको संयोजक गंगा श्रेष्ठले जानकारी दिए । एक्स्पोमा ग्राहकले आकर्षक छुटमा जुत्ता चप्पल खरिद गरिरहेका छन् ।

एक्स्पोमा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप लगायतका ३० भन्दा बढी ब्राण्डका गरेका १ हजार २ सय भन्दा धेरै मोडलका जुत्ता चप्पल रहेका छन् ।

एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने बताइएको छ ।

footwear zone

आम नेपाली जुत्ता, चप्पलका विषयमा सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न पनि मद्दत आयोजकको भनाई छ ।

You might also like

Comments are closed.