काठमाडौं । नेपाल व्युटिसियन संघले संघमा आबद्ध सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ । संघका महासचिव शशी शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो माग गरिएको हो ।
यसैबीच, नेपाल सरकार, गृह मन्त्रालय, अध्यागमन विभागमा कार्यरत एक कर्मचारीले फेसीयल हाउसकी संचालक सुष्मा महरालाई पदको दुरुपयोग गरी दुःख दिने काम गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।
ती कर्मचारीले फेसीयल हाउसमा खुला रुपमा राखिएको सि.सि.टि.भि.ले आफ्नो गोपनियता माथि आँच आएको भनी महानगरीय प्रहरी बृत, गौशालामा उजुरी दिएकी थिइन् । प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भइ उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकाले गत असार २८ गते प्रहरी कार्यालयमा दुई पक्षबीच आपसी लिखित सहमती भइसकेको जनाइएको छ ।

आफैले सहमति गरिसकेको विषयलाई पुनः झुठा प्रचारबाजी गरि पदको समेत दुरुपयोग गरेकाले ती कर्मचारीलाई कारबाही गर्नसमेत संघले माग गरेको छ ।




Comments are closed.