काठमाडौं । आमाज क्रियसनको शाखा काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको छ । आमाज क्रियसनका अध्यक्ष सुरुची खड्काले हालै एक कार्यक्रमबीच आमाज क्रियसनको शाखाको उद्घाटन गरेकी हुन् । आमाज क्रियसनको मुख्य कार्यालय ललितपुरको कुसुन्तीमा बिगत ३ वर्षदेखि सञ्चालनमा छ ।
आगामी साउन २० गते आमाज क्रियसन सञ्चालनमा आएको ३ वर्ष पुरा हुँदैछ । वार्षिकोत्सवको पूर्व सन्ध्यामा शाखा विस्तार गरिएको उनले जानकारी दिइन् । शाखाको व्यवस्थापन युवा व्यवसायी प्रभाकर शाहीले गरेका छन् ।
डम्बर कुमारी मल मल ३ तहको कपडाबाट उत्पादन गरिने कपडाहरु आमाज क्रियसनले बिक्री गर्दै आइरहेको छ । विशेषगरी सुत्केरी र नयाँ बच्चाको लागि स्किन हेल्थलाई ध्यान दिदै कपडाहरु उत्पादन हुँदै आइरहेको खड्काले जानकारी दिइन् । सुत्केरी आमा र बच्चाका साथै अन्य व्यक्तिहरुले पनि कपडा प्रयोग गर्न सक्ने जनाइएको छ । आमाज क्रियसनले आफ्नै डिजाइन तथा उत्पादनमा कपडाहरु बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

शतप्रतिशत कटनको कपडा प्रयोग गरिने खड्काले जानकारी दिइन् । ‘यो कपडाको थर्मोरेगुलेटरी मेकानिजम हुने भएकाले स्वास्थ्यका लागि निकै उपयुक्त छ,’ उनले भनिन्, ‘बच्चालाई जाडोमा न्यानो र गर्मीमा शितलता प्रदान हुन्छ ।’ मेड इन नेपाल ब्राण्डमा ढाकाको कुर्थी, लिनेन पाइन्टहरु, प्रसूति प्याइन्ट र क्याजुअल पहिरन, दसैंको लागी बिशेस डिजाइनका पहिरन पनि आमाज क्रियसनले उपलब्ध गराउँदै आइरहेको छ ।

छाती संक्रमण, छाला दागहरू भएका बिरामी तथा अन्य बिरामीले पनि यी प्रडक्ट प्रयोग गर्दा आराम महसुस गर्न सक्ने खड्का बताउँछिन् । ‘नवजात र मातृत्व प्याकेज तथा उपहारका लागि हाम्रा प्रडक्ट विशेष छन्,’ उनले भनिन्, ‘परम्परागत पहिरन, बेबी शावर र उपहार प्याकेजहरू तथा बच्चाको ओछ्यान सेट, तोरीको तकिया (परम्परागत हेड आकार दिने तकिया), अस्पताल झोला प्याक लगायत पनि उपलब्ध छन् ।,’




Comments are closed.