पोखरा । पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला जारी छ । कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखराको पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा आइतबार मेला सुरु भएको हो । मेला १२ गतेसम्म जारी रहने कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए ।
मेलामा डाइमन्ड खरिदकर्ताहरुको आकर्षण देखिएको बताइएको छ । ‘मेला अबधिभर डायमण्ड खरिदमा विशेष छुट प्रदान गरेका छौं,’ उनले भने ।
पोखरामा कञ्चन क्यापिटलले वर्षेनी मेला आयोजना गर्दै आइरहेको छ ।

मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने पञ्चरत्न आभूषण प्रालिका अध्यक्ष शोभितमान बुद्धाचार्यले जानकारी दिए ।






Comments are closed.