काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लि.ले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।
छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तीर्ण भएका मकवानपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएका विद्यार्थी छात्रवृत्ति कार्यक्रममा योग्य मानिने बताइएको छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३ हजार ५ सय रुपैयाँ, तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ, सान्त्वना हुने थप ८ विद्यार्थीलाई मासिक १ हजार ५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उपलब्ध QR code मा स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम बुझाउने अन्तिम मिति साउन २१ गते तोकिएको छ ।




Comments are closed.