लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको द्वितीय उपाध्यक्षमा उद्योगी बिक्रम कर्माचार्यले उम्मेदवारी सार्वजनिक गरेका छन् । संघको २७औं साधारणसभा तथा १४औं अधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ ।
कर्माचार्यले संघमा ३ कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । पहिलो कार्यकाल आमन्त्रित सदस्य भएका उनले दोस्रो कार्यकालमा एसोसिएट सदस्य भएर काम गरे । तेस्रो कार्यकालमा उनी खुल्ला सदस्यमा सर्वाधिक मतसहित विजयी भएका थिए ।
प्रतिष्ठित व्यावसायिक घराना कर्माचार्य ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका कर्माचार्यले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आइरहेका छन् । संघले वर्षेनी आयोजना गर्ने लेखनाथ महोत्सव सफल बनाउन पनि उनको भूमिका महत्वपूर्ण रहदै आएको छ ।

आफूले ३ कार्यकालसम्म कार्यसमिति सदस्य रहेर संघमा काम गरेको र अब उपाध्यक्ष भएर संघको गरिमा बढाउने गरी काम गर्ने लक्ष्य रहेको उनले बताए ।




Comments are closed.