बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
footwear zone
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार ज्ञानबहादुर भुजरलले दिएको जाहेरीका आधारमा पौडेललाई कार्यालयबाट खटिएको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको उनले बताए । रासस
You might also like

Comments are closed.