लेउवासंघको प्रथम उपाध्यक्षमा युवा व्यवसायी सुवेदीले उम्मेदवारी दिने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा युवा व्यवसायी उपेन्द्रराज सुवेदी (राजु)ले उम्मेदवारी दिने भएका छन् । संघको बर्तमान कार्यसमितिमा महासचिव भएर काम गरेका उनले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नयाँ कार्यसमितिका लागि संघको निर्वाचन आगामी भदौ २२ र २३ गते हुँदैछ । महासचिव हुँदा संघको सचिवालय व्यवस्थापन लगायतमा उत्कृष्ट कार्य गरेका उनी उद्योगी व्यवसायीमाझ लोकप्रिय छन् । महासचिव भन्दा अगाडि उपमहासचिव भएरसमेत उनले काम गरिसकेका छन् । संघको कार्यसमिति सदस्यमा २ कार्यकाल काम गरेको अनुभवसमेत उनीसँग छ । कार्यसमिति सदस्यमा उनी एक पटक एसोसिएसटबाट र अर्को पटक खुल्लाबाट निर्वाचित भएका हुन् । चारवटै निर्वाचनमा उनले लोकप्रिय मत प्राप्त गरेका थिए ।

अग्रजहरुको सल्लाह, सुझाव तथा लेखनाथ उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरुको भावनालाई प्रतिनिधित्व गर्दै आफूले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेको सुवेदीले बताए ।

footwear zone

‘संघको हितमा म सधैं अग्रमोर्चामा रहेर काम गर्दै आइरहेको छु,’ उनले भने, ‘अब प्रथम उपाध्यक्ष भएर उद्योगी व्यवसायीहरुको सेवामा खटिनेछु । संघका सदस्यहरुबाट प्रथम उपाध्यक्षमा अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त छु ।’

You might also like

Comments are closed.