लायन्स डिष्ट्रिक्ट ३२५ एम नेपालको इन्स्टलेसन तथा क्याबिनेट मिटिङ सम्पन्न

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम क्याबिनेट मिटिङ सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर भीमलाल पौड्यालको सभापतित्वमा तथा लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्ट बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुर्लाकोटीले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । आफूलाई लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्ट बनाउन भूमिका खेल्ने सम्पूर्ण लायन्सहरुप्रति उनले आभार व्यक्त गरेका छन् ।

गभर्नर पौड्यालले सामाजिक कामका लागि ग्रामीण तथा पीछडिएको क्षेत्रलाई डिष्ट्रिक्टले प्राथमिकता दिएको बताए । डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले लायन वर्षको पहिलो दिनबाटै उत्साहका साथ सामाजिक काममा सक्रियता देखाएको प्रति उनले आभार व्यक्त गरे । उत्कृष्ट कार्य गर्ने क्लब र लायन्स लिडरहरुलाई आफूले सधैं सम्मान तथा प्रोत्साहन गर्ने उनले बताए ।

footwear zone

लायन्सका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सो अवसरमा विभिन्न अवार्डबाट सम्मानसमेत गरिएको छ ।

६ सय भन्दा बढीको सहभागितामा कार्यक्रम सफल भएको डिस्ट्रिक्ट चिफ तथा कार्यक्रम संयोजक गीता शर्मा चापागाईले जानकारी दिइन् । कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरिन् ।

You might also like

Comments are closed.