काठमाडौं । पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत बीमा शुल्क भुक्तानी तथा नविकरण गर्दा आकर्षक पुरस्कारहरू जित्न सकिने भएको छ । इसेवा मार्फत बीमा शुल्क भुक्तानी तथा नविकरण गर्दा भाग्यशाली एक जनाले डेलको ५३२० i5 ल्यापटप जित्न सकिनेछ ।
साउन २५ गतेसम्म सञ्चालन हुने यो अभियानमा हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले समेत रु ५०० बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुन कुनैपनि लाइफ इन्स्योरेन्स्को प्रिमियम इसेवा मार्फत भुक्तानी गरेको हुनुपर्नेछ भने भुक्तानी गर्ने व्यक्ति इसेवामा प्रमाणित भएको हुनुपर्नेछ ।
दैनिक उपहार विजेताको नाम हरेक हप्ता इसेवाको ब्लग र फेशबुक पेज मार्फत सार्बजनिक गरिनेछ भने योजनाको अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरि ल्यापटप प्रदान गरिनेछ । ग्राण्ड पुरस्कार विजेताको नाम इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि सार्बजनिक गरिने बताइएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी लगायत दुई लाख भन्दा सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिन्छ ।




Comments are closed.