घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अंकले घटेको छ ।

footwear zone

बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अंकले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अंकले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रू आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.