यस्तो छ पेट्रोलियम पदार्थको बढेको मूल्य

 

काठमाडौं पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु ९ तथा डिजेल र मट्टितेलमा रु ७ बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।

footwear zone

एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।

You might also like

Comments are closed.