घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.