अल्टिमा एक्सचेन्ज मेला हुने, पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२०साट्न पाइने

काठमाडौं । अल्टिमा लाइफस्टाइलले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । अल्टिमाले अडियो पे्रमीहरुका लागि २– दिने महोत्सव आयोजना गर्ने भएको हो । लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन् । यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने एक विशेष अवसर हो ।

सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्ने बताईएको छ । यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२०सँग साट्न प्रोत्साहित गर्दछ । यस टप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एस (True Wireless Stereo(TWS) रु.१,१९९ मा उपलब्ध छ र यो अडियोमा आधुनिककिरण अनुभव गर्नेहरुर्कोे लागी एक विशेष अवसर हो ।

अल्टिमा एटम ८२०  (Ultima Atom 820) आफ्नो असाधारण विशेषताहरुको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बूस्टेड अडियो (13mm bass-boosted audio) पर्यावरणीय आवाज निराकरण  (ENC) र वायरलेस अडियो अनुभव लिन सकिन्छ । यो उत्कृष्ट प्रविधिको साथ अल्टिमाको

footwear zone

मुख्य लक्ष्य भनेको नेपालका प्रत्येक व्यक्तिमा गुणस्तरीय अडियो आनन्द दिनु र ईयरफोनहरु पुनरावर्तित गरेर दिगोपनलाई बढावा दिन रहेको बताईएको छ ।

You might also like

Comments are closed.