बुधबारपनि घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.