कैलाश विकास बैंकद्वारा डस्टविन बितरण

पोखरा,१७ चैत
कैलाश विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं ७ रत्नचोक स्थित रत्नचोक टोल विकास संस्थालाई डस्टविन बितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत टोल विकास संस्थालाई ३५ थान डस्टविन बितरण गरेको हो ।

उक्त कार्यक्रमबाट स्वास्थ सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुग्नुको साथै पैदल यात्रीलाई समेत फोहर ब्यबस्थापन गर्न मद्दत मिल्ने छ, भन्ने विश्वास बैंकले लिएको छ । पोखरा महानगरपालिका बडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा गरेको उक्त कार्यक्रममा बंैकका कर्मचारी र स्थानिय जनताको सहभागिता रहेको थियो ।

उक्त समारोहमा सो क्षेत्रको सरसफाई पनि गरिएको थियो । यसै गरि आगामि दिनहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता कैलाश विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।बैंकको हालसम्म शाखा संख्या ९२ पुगेका छन् भने एटिएम संख्या ३४ पुगेका छन् । निकट भविष्यमा देशका बिभिन्न ५ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

footwear zone

यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्टेड आईपिसि सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.