काठमाडौं । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजवनक गर्दैआएको फर्चूनले सन् २०२३ को सूची सार्वजनिक गरेको छ । सो सूचीको २१२ औं स्थानमा चीनीयाँ अटो निर्माता बीवाईडीलेआफ्नो स्थान सुरक्षित गरेको छ ।
सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो ।
इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजवुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्व डलर पुगेको फर्चूनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २.४७ अर्व डलर मुनाफा आर्जन गरेको छ ।
बीवाइडीको मार्केट भ्यालु १०४.३२ अर्व डलर रहेको उल्लेख गरिएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्। बीवाइडी चीनको सवैभन्दा ठूलो मध्ये एक अटोमोवाइल कम्पनी समेत हो ।

सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दैआएको छ । बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध छ । सो ब्रान्डलाई नेपालका लागी आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोवार गर्दैआएको हो ।





Comments are closed.