समृद्धि फाईनान्सको विभिन्न ३ शाखाले गरे वृक्षरोपण

 

काठमाडौं । समृद्धि  फाईनान्सको मधुवन र खरेन्द्रपुर शाखाले शुक्रबार र कसाह शाखाले गत आइतबार वृक्षरोपण कार्यक्रम गरेका छन् । साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र साउना महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रमहरुको सुची मध्ये साउन महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षरोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

footwear zone

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.