काठमाडौं । सामाजिक सञ्जालमा प्रसारित विज्ञापनमा विश्वास नगर्न तथा भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम वैदेशिक रोजगार विभागले विभिन्न नीतिगत, नियमनकारी एवं प्रवर्द्धनात्मक र अनुसन्धानात्मक कार्यहरु गर्दै आएको छ ।
वैदेशिक रोजगार व्यवसाय संचालनको लागि इजाजतपत्र प्राप्त संस्थाहरुले प्रचलित कानून बमोजिम नेपाली नागरिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनसक्ने व्यवस्था रहेको सन्दर्भमा हालैका दिनहरुमा आकर्षक तलव एवं सेवा सुविधा प्राप्त हुने प्रलोभन देखाई विभिन्न सामाजिक सञ्जालहरु (फेसवुक, ईन्स्टाग्राम, टिकटक)मा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल क्रोएसिया, साइप्रस, टर्की, अल्बानिया लगायतका विभिन्न युरोपियन मुलुकहरुमा भिजिट भिषा, Working भिषामा पठाइदिने भनी सार्वजनिक रुपमा भएका विज्ञापनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सामाजिक सञ्जालहरुमा यसरी प्रसारित विज्ञापनहरुमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न विभागले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ । गर्दछ । साथै आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत विभागले आग्रह गरेको छ ।
प्रचलित कानून विपरीत भएका हुने गतिविधिहरुलाई नियन्त्रण गर्न विभाग सदैव क्रियाशिल रहेको व्यहोरा र वैदेशिक रोजगारीको प्रकृया शुरु गर्नुपूर्व सबै आवश्यक प्रक्रिया तथा विषयमा पूर्ण रुपमा जानकारी लिन विभागले सवैमा अपील गरेको छ ।





Comments are closed.