बढ्यो सुनको मूल्य

 

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.