घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ ।
footwear zone
आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक चार दशमलव २८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई सय ४२ दशमलव ७० र जीवन बीमा समूह दुई सय चार दशमलव २८ अंकले घटेको छ ।
     बैंकिङ ११ दशमलव ९७, विकास बैंक ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन एक सय २३ दशमलव ६९ र जलविद्युत् ५१ दशमलव ३३ अंकले घटेको छ । लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बीमा एक सय ८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अंकले घटेको छ ।
आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर किनबेच भएको छ । किनबेच भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार दुई सय ३५ कित्ता किनबेच भएको छ । रासस
You might also like

Comments are closed.