‘कर्जाको कानुनी प्रक्रिया तथा धितो मुल्याकन तालिम’ सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा ‘कर्जाको कानुनी प्रक्रिया तथा धितो मुल्याकन तालिम’ सम्पन्न भएको छ ।

मंगलबार आयोजित तालिमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा बैंकका अध्यक्ष के.बी. उप्रेतीले पछिल्लो आर्थिक क्षेत्रमा देखिएको मन्दीको मारमा सहकारी क्षेत्र पनि परेको बताउँदै सबै मिलेर अहिलेको विषम परिस्थितिका सामना गर्नुपर्ने बताए।

कार्यक्रममा बैंकका संचालक रामहरि बजगाईं लगायतले बोलेका थिए भने ईन्जिनियर मुक्ति पाण्डे र बैंकका वरिष्ठ अधिकृत गोविन्द ओझाले सहकजीकरण गरेका थिए । ललितपुर जिल्लाका विभिन्न सहकारीका प्रतिनिधिहरु तालिममा सहभागी भएको र तालिम निकै प्रभावकारी भएको बैंकका शाखा प्रवन्धक रमा घिमिरेले जानकारी दिइन् ।

footwear zone

तालिममा सहभागी सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले तालिमबाट सिकेको ज्ञानलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिन् ।

You might also like

Comments are closed.