२ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

काठमाडौं । कोशी र बागमती प्रदेशका केही  स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
footwear zone
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर  पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश र गण्डकीका केही  ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको  छ । रासस
You might also like

Comments are closed.