पोखरा । पोखराको सिर्जनाचोकमा सञ्चालनमा आएको ‘पोखरा फुटवयर बिजनेस सेन्टर’मा विशेष छुट अफर लागु भएको छ । बिजनेस सेन्टरमा जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ ।
कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजकको भनाइ छ । बिजनेस सेन्टरमा १० वटा कम्पनीका जुत्ता चप्पलहरुको शोरुम राखिएको छ । सबै ब्राण्डका जुत्ता चप्पल खरिदमा यो अफर तथा छुट लागु हुनेछ । यो अफर भदौ महिनाभर लागु हुने आयोजक जीवन श्रेष्ठले जानकारी दिए । ग्राहकको सुविधालाई ध्यानमा राखेर यो अफर ल्याइएको उनले जानकारी दिए ।
हात खाली नहुने अफर अन्तर्गत स्क्र्याच कुपनका आधारमा नगद जितेर धेरै ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ । जुत्ता चप्पल खरिद गरेपश्चात ग्राहकले सोही ठाउँमा कुपन स्त्र्mयाच गर्न सक्नेछन् । नगद पनि तत्काल हस्तान्तरण गरिने बताइएको छ ।

बिजनेस सेन्टरमा १० वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको बताइएको छ । २ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ता चप्पल उपलब्ध रहेको श्रेष्ठले जानकारी दिए । हालसालै बजारमा आएका आधुनिक मोडलका जुत्ता चप्पल पनि मेलामा राखिएका छन् ।
काठमाडौंको मूल्य भन्दा पनि सस्तोेमा पोखरामा नै ग्राहकलाई जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्य पोखरामा बिजनेस सेन्टर स्थापना गरी जुत्ता चप्पलको शोरुम स्थापना गरिएको लगानीकर्ताहरु बताउँछन् ।





Comments are closed.