काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.