प्रदेश प्रमुखद्वारा ‘पोखरा हिजो र आज’ किताब लोकार्पण

पोखरा, १८ चैत

फोटो पत्रकार विश्वरत्न शाक्यले संकलन गरेको तस्वीरको किताब ‘पोखराः हिजो र आज’ पोखरामा सोमबार लोकर्पाण गरिएको छ । झन्डै चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका चार सय बढी तस्वीर रहेको किताबको प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले लोकार्पण गरे ।

फोटो किताबको लोकार्पण गरिसकेपछि बोल्दै प्रदेश प्रमुख कुँवरले विभिन्न कालखण्डको पोखराबारे जानकारी दिने एउटा गलितो अभिलेख यो किताब आएको बताए । ‘भावी सन्तान, दरसन्तान र नयाँ पुस्तालाई पोखराको अध्ययनमा यो किताबले सघाउ पु¥याउनेछ भन्ने मेरो विश्वास छ’ उनले भने,‘सही समयमा सही पुस्तक निकालेर विश्वरत्न शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएका छन् ।’

footwear zone

प्रदेश प्रमुख कुँवरले पोखराबासी, गण्डकी प्रदेशवासी मात्र नभई देशको अभिलेखयोग्य र सूचनाको गहिरो स्रोतको रुपमा किताब संग्रहणिय भएको सुनाए ।
पोखरामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उपहारका रुपमा यो किताब दिने व्यवस्था महानगरले गर्ने बताइन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले किताबमा समावेशम तस्वीरले तत्कालीन पोखराको विविध पक्षको जानकारी दिएको बताए । शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न, बुझ्न चाहनेहरुका लागि उपयोगी भएकाले हरेक घरघरमा राख्न योग्य किताब भएको बताए । उनले यो किताबलाई प्रचारप्रसार गर्न स्थानीय निकायले भरपुर सहयोग गर्नुपर्ने औंल्याए ।

किताबका स्रष्टा, लेखक, तस्वीर संकलक फोटोपत्रकार शाक्यले नौ वर्षको कडा महेनत र विभिन्न चुनौती सामना गरेर किताब तयार गरिएको बताए ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले किताब सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सहयोगी रहेको बताए । स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन स्वतन्त्र पत्रकार महासंघले गरेको थियो । किताबको मूल्य ७ सय २५ रुपैंयाँ भए पनि लोकार्पणका दिन ५ सय रुपैंयाँमा बिक्री गरिएको थियो ।

You might also like

Comments are closed.