‘म्याजिक मनसुन अफर’ अन्तर्गत सेल्सवेरीमा आकर्षक छुट

काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ । भदौ १ बाट लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छुट प्राप्त गर्ने जनाइएको छ ।

रक्षा बन्दन, गाइजात्रा, कुशेऔंशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको हो । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ ।

वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

footwear zone

ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याइएको हो ।

त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छुट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुने सेल्सवेरीले जनाएको छ ।

You might also like

Comments are closed.