पोखरामा निशान गाडीको एक्स्चेन्ज क्याम्प

पोखरा । पोखरामा निशान गाडीको एक्स्चेन्ज क्याम्प आयोजना गरिएको छ । निशान र ड्याट्सन गाडीको लागि पोखरा क्षेत्रको एकमात्रै आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रालि पोखराले क्याम्प आयोजना गरेको हो ।

निशान शोरुम उत्तमचोकमा मंगलबार सुरु भएको एक्स्चेन्ज क्याम्प शनिबारसम्म जारी रहने प्रालिका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । जुनसुकै ब्राण्डका पुराना गाडीको सट्टा नयाँ निशान गाडी खरिद गर्न सकिने उनले बताए । एक्स्चेन्ज क्याम्पको अवसरमा निशान खरिदमा विशेष छुट प्रदान गरिएको छ ।

नगद २ लाख ५० हजार रुपैयाँसम्म छुट ग्राहकले पाउनेछन् । रोड ट्याक्स फ्रि, ३ वर्षसम्म फ्रि सर्भिसिङ तथा वारेन्टी, एक वर्षको बिमा, एक्स्चेन्ज बोनस थप ५० हजार रुपैयाँ, लोयल्टी बोनस २० हजार रुपैयाँ प्रदान गरिने बरालले जानकारी दिए ।

footwear zone

विशेष छुटमा प्रतिष्ठित ब्राण्ड निशानका गाडी खरिद गर्ने अवसर शोरुमले प्रदान गरिरहेको बताउँछन् बराल । ‘हामीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.