बुद्व विशाल बजार व्यापारिक एशोसिएसनको मानार्थ सदस्यमा केशब खत्री मनोनीत

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिएसनको मानार्थ सदस्यमा केशब वहादुर खत्री मनोनीत भएका छन् ।

बुद्व विशाल बजार व्यापारिक एशोसिएसनको ३ कार्यकाल सफल्तापुर्वक अध्यक्ष भएर आफ्नो भुमिका निभाएर हालै निर्वतमान भएका खत्रीलाई एशोसिएसनको पहिलो बैठकद्वारा मानार्थ सदस्य दिने निर्णय सर्वसम्मतले पारित गरेको छ ।

बुद्व विशाल बजार व्यापारिक एशोसिएसनका नव निर्वाचित अध्यक्ष ईन्द्रराज अर्यालले हालै निर्वतमान अध्यक्ष भएका खत्रीको कार्यकालमा बुद्व विशाल बजारले काचुली फेरेको बताउदै एशोसिएसनका सम्पुर्ण व्यवसायीले उनको योगदानको सम्मान गर्दे हालै भएको संस्थाको अधिवेशनमा खत्रीलाई सेवा पदकद्वारा सम्मान गरिएको र एशोसिएसनलाई खत्रीको अभिभावकत्वको अझ धेरैआवश्यकता रहेको हुदा मानार्थ सदस्यमा मनोनित गरिएको बताए ।

footwear zone

मानार्थ सदस्यमा मनोनित भए पछि खत्रीले बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले आफुलाई योग्य ठानेर जुन जिम्मेवारी दिएको छ, त्यो कुशलता पूर्वक निर्वाह गर्ने बताए । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको मानार्थ सदस्यमा खत्री सगै एशोसिएसनका पुर्व अध्यक्ष सुदीप ढकाल समेत गरि दुई जना हुने भएका छन् ।

बुद्व विशाल बजार व्यापारिक एशोसिएसनको पहिलो बैठकले सल्लाहकारमा पुर्व अध्यक्ष माधव सिग्देल कानुनी सल्लाहकारमा जगन्नाथ ढकाल तथा मनोनित कार्यसमिति सदस्यमा ज्ञानेन्द्रमान श्रेष्ठ,दिनेश गुरूङलाई मनोनित गरेको छ भने एशोसिएसनको प्रवक्तामा मनोहरि पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले महिला उप समिति संयोजकमा ईन्द्रमाया गुरूङ,खेलकुद उप समिति संयोजकमा कृष्ण कुवँरलाई जिम्मेवारी दिएको छ । साथै एशोसिएसनको उच्च स्तरिय समन्वय समितिको संयोजकमा मानार्थ सदस्य केशव बहादुर खत्री सल्लाहकारहरूमा एशोसिएसनका अध्यक्ष ईन्द्रराज अर्याल संस्थाका उपाध्यक्ष बुद्वि वहादुर कुवँर र प्रवक्ता मनोहरि पौडेल रहेका छन् ।

बुद्व विशाल बजार व्यापारिक एशोसिएसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको बैठकमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बुद्वी वहादुर कुवँरले गरेका थिए भने कार्यक्रम सन्चालन एशोसिएसनका महासचिव राजु केसीले गरेका थिए ।

 

You might also like

Comments are closed.