
सहकारीले १० लाख ५८ हजार लिटर दूधमा रु ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले रु २६ लाख नौ हजार छ सय १५ र पनौतीका किसानले रु ११ लाख ३८ हजार नौ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा रु चार हजार तीन सय ४३ देखि अधिकतम रु ५० हजारसम्म अनुदान पाएका हुन् ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दूध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए ।
उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्याङ्क सङ्कलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिए रासस




Comments are closed.