भेष्पा र अप्रिलियालाई थप लोकप्रिय बनाउने यात्रामा डेल्टा अटोकर्प

काठमाडौं । नेपाली बजारमा प्रिमियम स्कुटर खरिद गर्नेहरुको पहिलो रोजाईमा भेष्पा र अप्रिलिया पर्दै आइरहेको छ । लोकप्रिय ब्राण्ड भेष्पा र अप्रिलियालाई थप परिचित र थप लोकप्रिय बनाउने यात्रामा अगाडि बढेको छ डेल्टा अटोकर्प प्रालि । राम्रो ब्राण्डसहित अटोमोबाइल व्यवसायमा पाइला अगाडि बढाउने अवसर यो कम्पनीले पाएको छ ।

यस अगाडि भेष्पा र अप्रिलियाको बिक्रेता दुगड ब्रदर्श एण्ड सन्स प्रा.लि. थियो । इटालियन ब्राण्ड भेष्पा र अप्रिलिया दुगडबाट फुत्किएर गत असारदेखि डेल्टा अटोकर्पमा आइपुगेको हो । भीम सरिया ग्रुप अन्तर्गतको डेल्टा अटोकर्पले भेष्पा र अप्रियाको लागि नेपालको आधिकारिक डिलरसिप लिएसँगै सुरुवाती सक्रियता सकारात्मक देखिएको छ । यस अगाडि दुगड ग्रुपमा भेष्पा र अप्रियाको व्यवस्थापनको नेतृत्व सम्हालेका बिजय महतो नै अहिले यो समूहको पनि व्यवस्थापनको नेतृत्वमा आएका छन् ।

नेपाली अटोमोबाइल बजार र भेष्पा र अप्रिलियाको ब्राण्डलाई बुझेका महतोको नेतृत्वमा अनुभवी व्यवस्थापन टिम बनाउन डेल्टा अटोकर्प सफल भएको छ । अन्य कम्पनीमा लामो समय काम गरिसकेका व्यक्तिहरु डेल्टामा आबद्ध भइसकेका छन् ।

footwear zone

भेष्पा र अप्रिलियाको आधिकारिक बिक्रेता लिएसँगै कम्पनीले पुराना डिलरलाई नै प्राथमिकता दिएर डिलर नियुक्त गरिसकेको छ । पुराना डिलरलाई नै प्राथमिकता दिएर नियुक्ति दिदाँ यस अगाडि भेष्पा र अप्रिलियाको डिलरको काम गरिरहेका व्यवसायीको लगानीसमेत सुरक्षित भएको छ । ‘यस अगाडिका प्राय शोरुम र सर्भिस सेन्टरहरु टेकवयर भइसकेको छ,’ निर्देशक महतोले भने ।

कम्पनीले काठमाडौंको कान्तीपथ साउन १ गतेबाट आफ्नै शोरुम स्थापना गरिसकेको छ । बनेपामा पनि कम्पनीको आफ्नै थ्रि एस शोरुम छ । काठमाडौंको त्रिपुरेश्वरमा यही महिनाबाट कम्पनीले अत्याधुनिक शोरुम स्थापनाको तयारी गरिसकेको छ । ललितपुरको बालकुमारीमा डिलरमार्फत थ्रिएस शोरुम सञ्चालनमा आएको छ । शोरुमको औपचारिक उद्घाटन छिट्टै हुने बताइएको छ । काठमाडौं उपत्यकासहित देशभरका मुख्य शहरहरुमा भेष्पा र अप्रिलियाका शोरुमहरु छन् । ‘देशभर ५२ वटा लोकेशनमा शोरुमहरु छन्,’ महतोले भने ।

नयाँ समूहले भेष्पा र अप्रिलिया लिएपछि यसको बिक्री दर र लोकप्रियता अझै बढ्ने विश्वास गरिएको छ । भेष्पा र अप्रिलियाको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँबाट सुरु भएर ४ लाख ६५ हजार ४ सय रुपैयाँसम्म पर्छ ।

कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । भदौ २६ बाट हुने नाडा अटो सोमा ‘अप्रिलिया एस आर १६० बि एस ६’ स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको महतोले जानकारी दिए । मूल्य सार्वजनिक भइसकेको छ । यद्यपि ४ लाख १० हजारको रेन्जमा मूल्य पर्ने अनुमान गरिएको छ ।

डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको छ । ‘योङ, इनर्जेटिक र टु ह्विलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ,’ उनले भने । कम्पनीले देशभर स्पेयर पार्टस सहज रुपमा उपलब्ध गराएको र बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको महतोले जानकारी दिए ।

You might also like

Comments are closed.