हुलास वायर ‘संवर्धन समारोह’ सम्पन्न

काठमाडौं । हुलास वायर इण्डष्ट्रिज लि. ले आफ्नो बिगत लामो समयदेखि प्रख्यात ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ भब्य समारोहकाबीच शुक्रबार कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा हुलास वायर “संवर्धन समारोह” भब्य रूपमा सम्पन्न भएको छ ।

उक्त अवसरमा बिभिन्न श्रेणीमा कार्यरत विशिष्ट अतिथिहरुका साथै उलेख्य मात्रामा पत्रकार समुह तथा हुलास वायर इण्डष्ट्रिजमा कार्यरत तथा पुराना दक्ष कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायर को लोगो तथा विज्ञापनको भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको समुद्घाटन गरे । कम्पनीका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामाले कम्पनीसँगको सहकार्य बारे बोल्दै आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

footwear zone

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाद्वारा स–सम्मान कदरपत्र वितरण गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजलाई आगामी दिनमा कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.