पोखरा । क्लासिक इन्डस्ट्रिज प्रा.लि.ले पोखरामा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । साबिक गण्डकी र धौलागिरी क्षेत्र भित्र क्लासिक म्याट्रेस बिक्री वितरण गर्दैै आइरहेका आउटलेटहरुलाई लक्षित गरी डिलर मिट आयोजना गरिएको हो । आधिकारिक बिक्रेता फेवा क्लासिक ट्रेडिङ प्रालि अन्तर्गत साबिक गण्डकी धौलागिरी (नवलपुर र गोरखा बाहेक) क्षेत्रमा मा १ सय ६५ वटा आउटलेट छन् । कार्यक्रममा २ सय ७० जना व्यवसायीहरुको उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले नेपाली ब्राण्ड क्लासिक म्याट्रेसको लोकप्रियता बढिरहेको बताए । ‘व्यवसायी र उपभोक्ताहरुको मायाकै कारण क्यासिक म्याट्रेस लिडिङ ब्राण्ड बन्न सफल भएको छ,’ उनले भने, ‘कम्पनीले पनि उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै गुणस्तरीय र आकर्षक म्याट्रेस उत्पादन गर्दै आइरहेको छ ।’
क्लासिक म्याट्रेसको कारखाना सिमरामा छ भने मुख्य शोरुम काठमाडौंको गैरीधारा नक्सालमा छ । नेपाली स्प्रिङ म्याट्रेसका लागि क्लासिकलाई अग्रणी मानिन्छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्यकर तथा आरामदायी म्याट्रेस बजारमा ल्याउन कम्पनी सफल छ ।

फेवा क्लासिकका सञ्चालक गोविन्द शर्माले धेरै रेन्ज र राम्रो गुणस्तरमा क्लासिक म्याट्रेस उपलब्ध रहेकाले बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएको बताए ।
क्लासिक पिभिसी कार्पेट सार्वजनिक
कम्पनीले पोखरामा क्लासिक पिभिसी कार्पेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित डिलर मिटकै अवसरमा पोखरा क्षेत्रमा कार्पेट बिक्री वितरणको सुरुवात गरेको हो । क्लासिक म्याट्रेसका डिलर नेटवर्कमार्फत बिक्री वितरण गर्ने गरी कार्पेट सार्वजनिक भएको कम्पनीका मार्केटिङ डाइरेक्टर अदिती श्रेष्ठले जानकारी दिइन् ।

क्लासिक ग्रुप अन्तर्गत नै कार्पेट उत्पादन सुरु भएको हो । कम्पनीले अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन गरी बजारमा उपलब्ध गराउन सफल भएको छ । नेपाली बजारमा क्लासिक म्याट्रेस जसरी नै कार्पेट पनि लोकप्रिय बन्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले पहिलो चरणमा १ एमएम र १.५ एमएमको कार्पेट उत्पादन सुरु गरेको छ । ‘आगामी दिनमा कार्पेटको रेन्ज बढाउने कम्पनीको तयारी छ,’ उनले भनिन् । कम्पनीले कार्पेटमा प्रिमियम रेन्जको प्रडक्ट उत्पादन गरेको छ । आगामी दिनमा अन्य रेन्जको कार्पेट पनि उत्पादन हुने बताइएको छ ।




Comments are closed.