काठमाडौं । अटोमोबाइलका लागि स्पेयर्स पार्टस् उत्पादनमा अग्रणी कम्पनी एमके ग्रुपले नेपालमा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
एमके ग्रुपका लागि नेपालको आधिकारिक बिक्रेता सत्यदीप इन्टरनेशनल प्रालिको आयोजनामा शनिबार काठमाडौं कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै एमके ग्रुपका मार्केटिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप भारतको सबैभन्दा प्रतिष्ठित, लोकप्रिय र ठूलो स्पेयर्स पार्टस् उत्पादक कम्पनी रहेको बताए । कम्पनीले दिनमै ३ लाख ब्रेस सु उत्पादन गर्न सफल रहेको जानकारी दिए । इभीका लागि आवश्यक पार्टस् उत्पादन पनि कम्पनीले बढाइरहेको उनले बताए ।

एमके ब्रान्डका उत्पादन नेपाली बजारमा पनि लोकप्रिय रहेको सत्यदीपका प्रवन्ध निर्देशक दीपेन्द्र मिश्रले बताए । एमके ब्राण्डका पार्टसहरू गुणस्तरीय भएकाले पनि लोकप्रिय भएको उनले बताए ।
एमके ग्रुपले क्लज प्लेट, ब्रेक सु, डिस्ब्रेक प्याड, क्लज एसेम्लिज, पेपर फिक्सन प्लेट्स, लिभर एण्ड योक्स लगायतका पार्टस उत्पादन गर्दै आइरहेको छ ।





Comments are closed.