काठमाडौं । टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष छुट प्राप्त हुने भएको छ । इटालियन डिजाइन र अवधारणामा निर्मित टारोका लागि नेपालको आधिकारिक वितरक ओम मोटोकर्प प्रा.लि.ले प्री–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।
टारो ब्राण्डका हाल नेपाल बाइकमा तीन भेरियन्टका वाइक र २ भेरियन्टका स्कुटर उपलब्ध छन् । आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्राण्डका वाइक तथा स्कुटर प्रतिस्पर्धा मूल्यमै उपलब्ध रहेको बताइएको छ ।
गत साल कोभिडको दौरान नेपाल भित्रिएको यस ब्राण्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यस सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकलाई निरन्तर सेवा दिँदै आएको छ ।

यसैक्रममा नेपालीहरुले मनाउने दसैं तिहार लगायतका पर्वको अवसरमा आफ्ना वाइक तथा स्कुटरमा यही भदौ १० गतेदेखि लागू हुने गरी ‘Rev Up Your Saving With TARO’ नामक अफर सन्चालनमा ल्याएको छ । जसमा ग्राहकले २० हजारदेखि ६० हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
साथै, फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ बाइक तथा स्कुटर खरीद गर्न चाहने उपत्यका भित्रका ग्राहकले ५ प्रतिशत ब्याजदर मै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्राण्डका बाइक तथा स्कुटर खरीद गर्न सक्नेछन् । फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि तपाईंको बजारसंग सम्झौता गरेका छन् ।





Comments are closed.