मुक्तिनाथका ग्राहकलाई “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची” र “छाँया अस्पताल” मा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि.” र “छाँया अस्पताल प्रा. लि ” सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीको Accommodation & Food मा विशेष १० % सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० % सम्म छुट प्राप्त गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गूरुङले जनाकारी दिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM CARD प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्य जुन सुकै बैंकको ATM MACHINE बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

footwear zone

You might also like

Comments are closed.