२७औं स्थापना दिवसको पूर्वसन्ध्यामा इक्यानद्वारा प्रभातफेरी आयोजना

काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आइरहेको अग्रणी सामाजिक संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २७औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाको स्थापना दिवस भदौ २७ गते हो । संस्थाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने क्रममा मंगलबार प्रभातफेरी कार्यक्रम गरेको महासचिव दीपकराज भुसालले जानकारी दिए ।

डिल्लीबजारबाट पुतलिसडक, कमलादी, घण्टाघर, बागबजार, पुतलिसडक, पदमोदयमोड, भृकुटीमण्डप, भद्रकाली हुँदै माइतिघर मण्डलासम्म पुगेर प्रभातफेरी सभामा परिणत भएको थियो । शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित जनचेतना मुलक सन्देशहरु समेटिएका नारा समेटिएका ब्यानर, प्लेकार्डसहित प्रभातफेरी आयोजना गरिएको अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।

यस अगाडि इक्यानले भदौ ७ गते होटल हार्दिक बागबजारमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । ८ गते परामर्श क्षेत्रमा आवद्ध तथा व्यवसायसँगको सहकार्यमा महिला व्यवसायी तथा उद्यमशिलताहरुको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा ECAN Women Leadership: Empowerment and Inspiration कार्यक्रम भयो । भदौ १२ गते नै संघसँग आवद्ध ब्यवसायीहरुको साझा समस्या र सोकोे समाधानको निमिक्त, शैक्षिक परामर्श क्षेत्रका चुनैती, अवसर र भावी योजना शीर्षकमा भर्चुअल अन्तरक्रिया लगायतका कार्यक्रम भएका छन् ।

footwear zone

बुधबार संस्थाले स्थापना दिवसको अवसरमा दिउसो ३ बजेदेखि न्यु बानेश्वरस्थित होटल एभरेष्टमा विशेष औपचारिक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नीतिगत व्यवस्थापन विषयको विज्ञहरुसँग छलफल चलाइने अध्यक्ष भट्टराईले जानकारी दिए ।

संघमा आवद्ध विभिन्न सदस्य कम्पनीहरुको योगदानको आधारमा विविध विधामा एक्सेलेन्स अवार्ड प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुन एवं अन्य संस्थाहरुलाई सहयोग समेत गर्ने लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको इक्यानले जनाएको छ ।

You might also like

Comments are closed.