माइक्रोटेक इन्भर्टर र ब्याट्रीलाई नम्बर वान बनाउने मिसनमा त्रिथुंगा

काठमाडौं । इन्भर्टर र इन्भर्टर ब्याट्री सेगमेन्टमा भारतमा सर्वाधिक लोकप्रिय ब्राण्ड माइक्रोटेक नेपाली बजारमा पनि लोकप्रिय बनेको छ । माइक्रोटेकलाई बिगत २ वर्षदेखि नेपाली बजारमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपाली बजारमा इन्भर्टर र इन्भर्टर ब्याट्रीको सेगमेन्टमा माइक्रोटेकलाई नै नम्बर वान ब्राण्ड बनाउने लक्ष्यसहित त्रिथुंगा अगाडि बढेको जनरल म्यानेजर श्याम पाण्डेले जानकारी दिए । त्रिथुंगाले डिलर नेटवर्कमार्फत देशभर माइक्रोटेक इन्भर्टर र ब्याट्री बिक्री वितरण गर्दै आइरहेको छ ।

यसै क्रममा त्रिथुंगाले माइक्रोटेकका डिलरका सञ्चालक, कर्मचारीहरुसहित १ सय १५ जनाको सहभागितामा २ रात ३ दिनको आवासीय डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । डिलरमिटको मुख्य उद्देश्य ‘वान मिसन, वान नम्बर इन नेपाल’ रहेको पाण्डेले जानकारी दिए । ‘यही वर्षमा नेपालमा माइक्रोटेकलाई नम्बर वान ब्राण्ड बनाउने मिसनसहित अगाडि बढेका छौं,’ उनले भने ।

footwear zone

डिलर मिटमा माइक्रोटेक इण्डियाका डाइरेक्टर मनोज जैन, इन्टरनेशनल बिजनेश हेड भुपेन्द्र सिंह, बतास अर्गनाइनेसनका डाइरेक्टर बिपिन बतास, रेजी बतास, त्रिथुंगाका प्रवन्ध निर्देशक शिशीर सुवेदी, डाइरेक्टर सरस्वती गोतामे सुवेदी, बतास अर्गनाइजेसनका सिएफओ गोपाल दिक्षीत, त्रिथुंगाका जनरल म्यानेजर श्याम पाण्डे लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । सो अवसरमा उत्कृष्ट डिलरहरुलाई पुरस्कारसमेत प्रदान गरिएको छ ।

त्रिथुंगाले माइक्रोटेक ब्याट्रीसँगै पेट्रोनास लुब्रिकेन्ट र ग्लोब्याट अटोमोटिभ ब्याट्री बिक्री वितरण गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.